Aadarsh-Daily

साथीसँग नुहाउन गएका १२ वर्षीय बालक डुबेर मृत फेला

ad-4p

सप्तरी — सप्तरीको फत्तेपुरमा शनिबार दिउँसो नहरमा डुबेर एक बालकको ज्यान गएको छ।

content ad p2
content left

नगरपालिका–१०, गंगाजलस्थित चन्द्रनहरमा नुहाउन गएका १२ वर्षीय स्थानीय बालक विशाल सदा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

साथीसँग नुहाउन गएका विशाल पानीमा डुबेर बेपत्ता भएका थिए। खोजतलासका क्रममा घटनास्थलभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फ भगिनीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily