Aadarsh-Daily

पर्सामा ५ दिनदेखि बेपत्ता वृद्ध मृत फेला

ad-4p

पर्सा — पर्साको ठोरी गाउँपालिका–५ का ७३ वर्षीय नीरबहादुर लोप्चन मृत फेला परेका छन्।

content ad p2
content left

असोज ९ गतेदेखि घरपरिवारसँग सम्पर्कविहीन रहेका लोप्चन सोमबार बिहान आठघरे र बागमोर्चा बीचको कल्भर्ट नजिक मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनास्थल र शवको अवस्था हेर्दा जंगली जनावरको आक्रमणका कारण मृत्यु भएको अनुमान गरिएको छ। तर, वास्तविक कारण पुष्टि गर्न शव पोष्टमार्टमका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

लोप्चन हराएको पाँच दिनपछि शव भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily