Aadarsh-Daily

दशैंमा यात्रुको चाप : ४ छुट्टाछुट्टै सवारी दुर्घटना, ३१ जना घाइते

ad-4p

दशैंको भीडभाडबीच बीपी राजमार्ग र मदनभण्डारी राजमार्गमा सोमबार भएका चार छुट्टाछुट्टै सवारी दुर्घटनामा ३१ जना घाइते भएका छन्।

content ad p2

बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–६ भालुखोलामा बा २० च ९३१ नम्बरको बोलेरो जीप करिब ५० फिट तल सुनकोसी नदीमा खस्दा चालकसहित १३ जना घाइते भए। घाइते सबैजना सिन्धुली गोलन्जोर गाउँपालिका–४ निवासी रहेको र उनीहरूको खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

content left

त्यसैगरी कमलामाई नगरपालिका–२ चियाबारी नजिक मोटरसाइकललाई विपरीत दिशाबाट आएको ईभी गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली–५ घारीथुम्सीमा काकडभिट्टातर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ९४२२ नम्बरको बस अनियन्त्रित भई करिब २२ मिटर तल खस्दा १४ जना घाइते भए। घाइतेमध्ये पाँच जनाको उदयपुरको कटारी अस्पताल र नौ जनाको सिन्धुलीको सिर्थौली अस्पतालमा उपचार भइरहेको छ।

यस्तै दुधौली–५ कै ठाकुरखोला पुल नजिक ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily