Aadarsh-Daily

गाजा युद्ध अन्त्यका लागि ट्रम्प–नेतान्याहु भेट हुँदै

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग उच्चस्तरीय वार्ता गर्दै गाजा शान्ति योजना अघि बढाउने घोषणा गर्नुभएको छ।

content ad p2

गत हप्ता अरब नेताहरूसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले झन्डै दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने, हमासले बन्धक बनाएका व्यक्तिलाई मुक्त गराउने र लडाकू समूहलाई निशस्त्र पार्ने सम्झौता प्रभावकारी रूपमा अघि बढेको दाबी गर्नुभएको थियो। “पहिलो पटक सबै पक्ष एउटै दिशामा अघि बढिरहेका छन्,” उहाँले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत लेख्नुभएको छ।

content left

तर नेतान्याहुले गत शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै हमासविरुद्ध अन्तिम लक्ष्य हासिल नभएसम्म कारबाही नरोकिने बताउनुभएको थियो। उहाँले प्रमुख पश्चिमी देशहरूले समर्थन गर्दै आएको स्वतन्त्र प्यालेस्टिनी राज्य निर्माण रोक्ने संकेत पनि दिनुभएको छ।

दुवै नेताले आज साँझ भेट गरी संयुक्त पत्रकार सम्मेलन गर्ने तय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको गाजा युद्धमा अहिलेसम्म साढे ६५ हजारभन्दा बढी प्यालेस्टिनीको

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily