Aadarsh-Daily

प्रतिबन्धित लागुऔषध चरेशसहित पर्सामा एक भारतीय युवक पक्राउ 

 

ad-4p

भारत सीमाक्षेत्र हुँदै ठूलो मात्रामा लागुऔषध भारततर्फ लैजान खोज्ने क्रममा एक भारतीय नागरिक पर्सामा पक्राउ परेका छन्।

content ad p2
content left

सशस्त्र प्रहरी बलको गण नं. १३ बाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारी नजिक चेकजाँच गर्ने क्रममा ३१ वर्षीय गुलाम मोहमदलाई नियन्त्रणमा लिएको हो। बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया–३७ का स्थायी वासिन्दा मोहमदले चलाइरहेको मोटरसाइकलबाट ९ किलो ५२२ ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ।

उनको साथबाट आधार कार्ड र मोबाइल फोन समेत फेला परेको छ। बरामद चरेशसहित मोहमदलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

नेपाल–भारत सीमा क्षेत्रमा लामो समयदेखि लागुऔषध तस्करीका घटना दोहोरिँदै आएका छन्। सशस्त्र प्रहरी बलले सीमा नाकामा निगरानी कडा पारिए पनि तस्करहरूले विभिन्न बाटो प्रयोग गरी चरेश, गाँजा र अन्य निषेधित वस्तु सार्ने गरेको अधिकारीहरू बताउँछन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily