Aadarsh-Daily

रौतहटमा चट्याङ लागेपछि ३ को मृत्यु, प्रहरी कार्यालयमा सामानमा क्षति

ad-4p

शनिबार साँझ परेको चट्याङले रौतहट जिल्लामा तीन व्यक्तिको ज्यान लिएको छ भने इलाका प्रहरी कार्यालयमा भएको क्षतिले प्रशासनमा असर पुगेको छ।

content ad p2
content left

जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार, कटहरिया नगरपालिका–२ हंथियाहि गाउँका दुई युवक र ईशनाथ नगरपालिका–८ मनसरी गाउँका एक व्यक्तिलाई चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। मृतकहरूलाई पोस्टमार्टमका लागि गोरुस्थित प्रादेशिक अस्पताल पठाइएको छ।

उक्त घटनामा, प्रहरी कार्यालय शिवनगर अन्तर्गत एक इन्भर्टर र १२ भोल्ट ब्याट्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रहरीले मौसम प्रतिकूल अवस्थाबाट उत्पन्न हुन सक्ने थप घटनाप्रति सतर्क रहन सबैलाई अनुरोध गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily