Aadarsh-Daily

सरकारको सतर्कताले मानवीय क्षति न्यून – मन्त्री घिसिङ

ad-4p

ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारले अपनाएको सतर्कताका कारण हालको वर्षात र बाढी–पहिरोमा ठूलो मानवीय क्षति हुन नपाएको बताएका छन्।

content ad p2
content left

मन्त्री घिसिङले पत्रकार सम्मेलनमा बताएअनुसार, वर्षापछि आएको पहिरोमा मात्र इलाममा मानवीय क्षति भएको छ। इलाममा ३५१ मिलिमिटर पानी परेपछि अतिवृष्टिका कारण पहिरो गएको र केही मानिस प्रभावित भएको हो। अन्य क्षेत्रमा मानवीय क्षति न्यून रहेको उनको भनाइ छ।

बाढी र पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको उनले स्वीकार गर्दै त्यसको प्राथमिकताका साथ पुनर्निर्माणमा सरकार सक्रिय रहेको बताए।

उनले काठमाडौंबाट पश्चिमतर्फका सडकहरू तत्काल खोल्ने काम अघि बढेको र पूर्वी क्षेत्रमा भइरहेको वर्षा भोलिसम्म घट्ने अनुमान रहेको जानकारी दिए।

सम्बन्धित खबर

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

Aadarsh Daily