Aadarsh-Daily

कात्तिक २० र २१ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

ad-4p

आउँदो कात्तिक २० र २१ गते देशभरका पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।

content ad p2
content left

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, यो अभियानका क्रममा झन्डै २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।

पहिलो चरणको अभियान कात्तिक २ र ३ गते सञ्चालन हुने तय भए पनि सो दिन दिपावलीको लक्ष्मी पूजा परेकाले मिति सारिएको हो।
महाशाखाले सात सय ५३ वटै स्थानीय तहमा दुई दिन सञ्चालन हुने यस अभियानका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ।

गत चरणमा देशभर झन्डै ९० प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल र ८७ प्रतिशतले जुकाको औषधि खाएका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily