Aadarsh-Daily

दुधौरा खोलामा बेपत्ता युवकको शव ६ दिनपछि फेला

ad-4p

बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विकी गोसाईंको शव दुधौरा खोलामा ६ दिनपछि फेला परेको छ।
उनी असोज १९ गते लगातार परेको वर्षाका बीच टिकटक भिडियो बनाउने क्रममा पुलबाट हाम फालेपछि बेपत्ता भएका थिए।

content ad p2
content left

उनको शव गण्डक जाने बङ्गरी पुलनजिक फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

गोसाईंसँगै हाम फालेका २० वर्षीय अनुराग केशरवानी पौडेर बाहिर निस्किएका थिए।
बेपत्ता गोसाईंको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खटिएको थियो।

शव फेला परेपछि घटनास्थल मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।
दुःखद घटनाले स्थानीय समुदायमा शोक छाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily