Aadarsh-Daily

करारका शिक्षक कटौती नहुने

ad-4p

सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णयअनुसार अस्थायी तथा करार कर्मचारी नराख्ने नीति ल्याएको छ।

content ad p2

तर शिक्षा मन्त्रालयले करार शिक्षकको हकमा उक्त नीति लागू नहुने स्पष्ट पारेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास इकाइलाई करार शिक्षकलाई समेट्ने परिपत्र पठाएको छ।
२२ असोज, काठमाडौं । अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सरकारले अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि करार शिक्षकको हकमा भने लागू नहुने भएको छ ।

content left

अर्थ मन्त्रालयको गत असोज ७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको विज्ञप्तिको बुँदा नम्बर (५) को संगठन संरचना सुधार अन्तर्गतको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनिएको थियो ।

यसमा स्थानीय तह र विद्यालयले करार शिक्षकको सन्दर्भमा के हुने भनेर प्रश्न गरेपछि शिक्षा मन्त्रालयले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने जनाएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने जनाएको हो ।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily