
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन्। यसअघि उनको विश्वासको मत लिनको लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो।
मुख्यमन्त्री सिंहको राजीनामापछि विश्वासको मतसम्बन्धी कार्यसूची सभामुख रामचन्द्र मण्डलले हटाइएको जानकारी बैठकमा दिएका छन्।
यस निर्णयसँगै प्रदेश सरकारमा थप राजनीतिक फेरबदलको सम्भावना देखिएको छ।

