Aadarsh-Daily

पर्सा–बारामा हैजाविरुद्धको खोप ७१ प्रतिशत जनसंख्याले खाए

ad-4p

वीरगंज — बारा र पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुवै जिल्लाको कुल लक्षित जनसंख्याको ७१ प्रतिशतले खोप लिइसकेका छन्।

content ad p2

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार बारा र पर्सा जिल्लाको कुल १० लाख १८ हजार ६० जनामध्ये सात लाख २३ हजार ८३६ जनाले खोप लिएका हुन्।

content left

खोप शाखाले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार, पर्सामा अभियान सुरु भएको छैटौं दिनसम्म चार लाख ५६ हजार ७७८ जनाले खोप लगाएका छन्। पर्साको कुल लक्षित जनसंख्या ६ लाख ५२ हजार १२९ रहेको छ।

त्यस्तै बारामा तीन लाख ६५ हजार ९३१ जनामध्ये दुई लाख ६७ हजार ५८ जनाले खोप पाइसकेका छन्।

हैजा फैलिन नदिन र जोखिम घटाउने उद्देश्यले पर्साका सबै पालिकामा असोज २६ गतेदेखि तथा पर्सासँग सीमा जोडिएका बाराका छ वटा पालिकामा असोज २७ गतेदेखि खोप अभियान सञ्चालन भएको हो।

डा. गौतमका अनुसार, खोप अभियान भोलिसम्म जारी रहने छ र बाँकी लक्षित जनसंख्यालाई पनि खोप पुर्‍याउने प्रयास भइरहेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily