
गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एक दिनमै पूर्व ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै रहेको प्रमाणसहित सार्वजनिक भएका छन्।
खड्का सोमबार बिहान जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमै उपस्थित हुँदै भिडियोमार्फत् सार्वजनिक भएका हुन्।

गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा खड्का देश छाडेर भागिसकेको दाबी गर्दै भनेका थिए —
‘ठूल्ठूला नेताहरूका बारेमा छानबिन सुरु भइसकेको छ। कसैको भागाभागसमेत भएको छ। तत्कालीन ऊर्जामन्त्री भागिसकेका छन्, अरू पनि भाग्न खोज्दै छन्।’
तर, खड्काले आफ्नो घरबाटै भिडियो सार्वजनिक गर्दै देशमै रहेको र घटनाबारे आफू जिम्मेवार र स्पष्ट रहेको बताएका छन्।
उनले भनेका छन्, ‘म देशमै छु, मेरो घर जलेको छ, तर म भागेको छैन। गलत आरोप लगाउनु दुर्भाग्यपूर्ण हो।’
यससँगै गृहमन्त्रीको ‘भागिसकेका छन्’ भन्ने दाबी असत्य सावित भएको छ।

