Aadarsh-Daily

इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइपुग्यो, प्रधानमन्त्रीसहित उच्चस्तरीय श्रद्धाञ्जली

ad-4p

इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज (सोमबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको छ। शव विमानस्थल पुगेको केहीबेरमै प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

content ad p2

उनीको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा पुर्‍याइने र त्यहीँ अन्तिम दाह संस्कार गरिने बताइएको छ।

content left

अध्ययनको लागि इजरायल पुगेका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा, गत असोज २७ मा इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि भएको बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको छ भने फरेन्सिक जाँचमा अपहरणको समयमा नै मृत्यु भएको पाइएको छ।

नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरिएन विमानस्थलमा उनको शवमा श्रद्धाञ्जली दिइएको थियो। शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily