Aadarsh-Daily

आज तिहारमा कुनै कर्म नरहेको पञ्चाङ्ग निर्णायक समितिद्वारा जानकारी

ad-4p

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रअनुसार आज तिहार अन्तर्गत कुनै धार्मिक कर्म नपर्ने जनाएको छ।

content ad p2

समितिका अनुसार यस वर्ष यमपञ्चक (तिहार) सामान्यतः पाँच दिनको भए पनि तिथिको घटबढका कारण यो वर्ष छ दिनको भएको हो।

गत शनिबार त्रयोदशी तिथिमा धनतेरस पर्व मनाइयो। तर, सोही तिथिमा पर्ने काग पूजा भने आइतबार सम्पन्न गरिएको थियो। त्यसैगरी, हिजो सोमबार बिहान कुकुर पूजा र बेलुकी लक्ष्मी पूजा गरिएको थियो।

content left

परम्परा अनुसार कतिपय स्थानमा औँसीको दिन गाई पूजा गर्ने चलन छ। तर, शास्त्रीय दृष्टिले भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।

भट्टराईका अनुसार आज मंगलबार तिहारको मध्य दिन (यमपञ्चकको बीच समय) परे पनि शास्त्रले तोकेअनुसार कुनै पूजा वा कर्म नपर्ने दिन हो।

यस वर्ष गाई, गोवर्धन पूजा र आत्म पूजा भोलि बुधबार पर्ने भएको छ। सोही दिन नेपाल संवत्को नयाँ वर्ष पनि सुरु हुने समितिले जनाएको छ।

भोलिपछि कार्तिक ६ गते बिहीबार भाइटीका र किजा पूजा मनाइनेछ। समितिले यसअघि नै भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको जानकारी दिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily