Aadarsh-Daily

छठ नजिकिँदै, वीरगञ्जको सिर्सिया नदी कालो र दुर्गन्धित — व्रतालुहरू दूषित पानीमै पूजा गर्न बाध्य

ad-4p

पर्सा — नेपालीहरूको प्रमुख पर्व छठ नजिकिँदै गर्दा वीरगञ्जस्थित सिर्सिया नदीको प्रदूषणले हजारौँ व्रतालु र श्रद्धालुहरूलाई समस्या परेको छ। उद्योगजन्य फोहोरका कारण नदीको पानी कालो र दुर्गन्धित बनेपछि पूजामा सहभागी हुनेहरू दूषित पानीमा नै डुबेर सूर्यदेवलाई अर्घ दिन बाध्य हुने स्थिति आएको छ।

content ad p2

स्थानीयवासी र छठ पूजा समितिका अध्यक्ष रञ्जन सिंह राजपूतका अनुसार वीरगञ्ज महानगरपालिका र स्थानीय प्रशासनले वर्षौंदेखि कुनै ठोस कदम नचालेको गुनासो गरेका छन्।
“छठ आउनुभन्दा केही दिन अघि मात्रै बैठक र छलफल हुन्छ, तर नतिजा शून्य हुन्छ,” राजपूतले भने।

सिर्सिया नदीको प्रदूषणले पर्सा र बाराका सिमावर्ती गाउँदेखि भारतीय सहर रक्सौलसम्मका भक्तजन प्रभावित भएका छन्। छठका लागि नदी किनारमै घाट निर्माण गरिएको भए पनि कालो पानी र दुर्गन्धका कारण पूजामा कठिनाइ भएको छ।

content left

बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालन भइरहेका छाला, फलाम, साबुन, घिउ र मदिरा उद्योगहरूले प्रशोधन नगरी रासायनिक फोहोर नदीमा फाल्दै आएको रिपोर्टहरूले देखाएका छन्।
केही उद्योगले वाटर ट्रीटमेन्ट प्लान्ट राखे पनि अनुगमनको समयमा मात्र चलाउने र बाँकी समयमा फोहोर सिधै नदीमा बगाउने गरिएको स्थानीयको आरोप छ।

गत असोज २८ गते वीरगञ्ज महानगरले सरोकारवालासँगको छलफलमा उद्योगी, प्रशासन र विज्ञहरूलाई सहभागी गराए पनि कुनै ठोस निर्णय कार्यान्वयनमा नआएको स्थानीयको भनाइ छ।
महानगर प्रमुख राजेशमान सिंहले बाराका स्थानीय तहहरूले सहयोग नगरेको गुनासो गर्दै भने,
“हामी प्रयास गर्छौं, तर अन्य तहको असहयोगले समस्या झन् बढेको छ।”

चार दशकदेखि प्रदूषणको चपेटामा परेको सिर्सिया नदी मानव, चौपाया र सिँचाइका लागि प्रयोगयोग्य छैन।
सिमराको रामवनबाट बग्ने यो नदी तीन किलोमिटरमै कालो बन्छ र वीरगञ्ज पुग्दा पूर्ण रूपमा दूषित हुन्छ।

स्थानीयवासी र जनप्रतिनिधिहरूले प्रदूषण गर्ने उद्योगमाथि कडा कारबाही र दीर्घकालीन सफाइ योजना तत्काल लागू गर्न माग गरेका छन्।
“धार्मिक पर्व दूषित पानीमा मनाउनु पीडादायी छ। यो अब केवल आस्थाको होइन, अस्तित्वको प्रश्न हो,” राजपूतले जोड दिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily