Aadarsh-Daily

निर्वाचन आयोगमा १५ नयाँ राजनीतिक दल दर्ता प्रक्रियामा

ad-4p

निर्वाचन आयोगले हालसम्म १५ नयाँ राजनीतिक दल दर्ताका लागि आएका निवेदनहरू अध्ययनरत रहेको जनाएको छ।

content ad p2

आयोगका अनुसार, प्रतिनिधिसभा चुनाव घोषणा हुनुअघि १० र घोषणापछि ५ दलले दल दर्ताको निवेदन दिएका छन्। ती दलहरूको कागजात स्वीकृतिका लागि अध्ययन र मूल्याङ्कन कार्य जारी छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, “प्रक्रिया पूरा गर्ने दलहरूको आवेदन स्वीकृत हुनेछ।”

content left

हाल आयोगमा १ सय २४ दल दर्ता छन् — यसअघि १ सय २२ दल दर्ता भएका मध्ये दुई दल विभाजन भई नयाँ दल थपिएका हुन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि युवाहरूबीच नयाँ राजनीतिक दल गठनको लहर देखिएको छ।
चुनाव घोषणापछि दर्ता प्रक्रिया सुरु गरेका दलमध्ये धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र जेनजी आन्दोलनका अगुवाहरूले समेत दल दर्ताको निवेदन दिएका छन्।

आयोगले अहिले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका तयारी तीव्र बनाएको छ।
चुनावका लागि करिब साढे ७ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमानसहितको बजेट तयार पारिएको आयोगले जनाएको छ।

यो बजेटमा चुनाव सामग्री खरिद, कर्मचारी परिचालन र व्यवस्थापन खर्च समावेश गरिएको छ।
बजेटको अन्तिम स्वीकृति प्रक्रिया भने अझै बाँकी छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily