Aadarsh-Daily

तराई–मधेशमा छठ पर्व विधिवत् रूपमा सुरू

ad-4p

तराई–मधेशमा विशेष रूपमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन ‘नहाय–खाय’ विधिसहित छठ पर्वको सुरुवात हुने परम्परा अनुसार आज बिहान व्रतालुहरू नुहाएर शुद्ध भोजन ग्रहण गर्दै पर्व आरम्भ गरेका छन् ।

content ad p2

चार दिनसम्म चल्ने यो पर्वमा व्रतालुले सात्विक जीवनशैली अपनाउँदै माछा, मासु, लसुन, प्याज, कोदोजस्ता अन्नपदार्थको सेवन नगर्ने परम्परा रहेको छ । छठ पर्वलाई अत्यन्त कठिन व्रत मानिन्छ, जसमा चोखोनिधो, संयम र ब्रह्मचर्यको पालना अनिवार्य मानिन्छ । जनविश्वासअनुसार, यस्ता नियमको पालना नगरिए छठ पूजाको फल प्राप्त हुँदैन ।

content left

छठ पर्वमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी ‘छठी माई’को आराधना गरिन्छ । देवी भागवतका अनुसार, छठी देवीले सन्तानहीनलाई सन्तान, धनहीनलाई धन र निःसन्तानलाई सुख–समृद्धि प्रदान गर्ने विश्वास छ ।

कार्तिक शुक्ल चतुर्दशीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी समापन गरिन्छ । अस्ताउँदो र उदाउँदो सूर्य दुवैको पूजा गरी सूर्यदेवप्रतिको आस्था र कृतज्ञता प्रकट गर्ने यस पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व अत्यधिक रहेको छ ।

पहिले तराई–मधेशमा मात्र सीमित यो पर्व पछिल्ला वर्षहरूमा राजधानी काठमाडौंसहित पहाडी क्षेत्रमा पनि उत्साहका साथ मनाइने गरेको छ । नेपालसँगै भारतमा पनि छठ पर्व धूमधामका साथ मनाइन्छ । धार्मिक ग्रन्थहरू अनुसार, छठ पर्व मनाउने परम्परा परापूर्वकालदेखि रहँदै आएको हो । त्रेतायुगमा रानी कौशल्याले र द्वापर युगमा कुन्ती र द्रौपदीसहित पाण्डवहरूले पनि यो व्रत गरेको उल्लेख रामायण र महाभारत दुवैमा पाइन्छ ।

छठ पर्वले प्रकृतिप्रतिको सम्मान, पारिवारिक एकता र सामुदायिक सद्भावको सन्देश दिन्छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily