Aadarsh-Daily

टर्कीको होटल आगलागी प्रकरणमा ११ जनालाई जन्मकैद

ad-4p

टर्कीको उत्तर–पश्चिमी बोलु पहाडस्थित एक होटलमा भएको भीषण आगलागी प्रकरणमा अदालतले ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

content ad p2

गएको जनवरी २१ मा भएको आगलागीमा ३० बालबालिकासहित ७८ जनाको ज्यान गएको थियो भने १ सय ३७ जना घाइते भएका थिए।

content left

अदालतले बिहीबार सुनाएको फैसलामा सुरक्षा नियमको उल्लङ्घन र लापरबाहीका कारण दुर्घटना निम्त्याएको ठहर गर्दै होटलका मालिकसहित ११ जनालाई आजीवन कारावास सजाय दिएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपी का अनुसार, उक्त आगलागीमा बोलुका एक उपमेयर र स्थानीय अग्नि नियन्त्रक समेतलाई जेल सजाय सुनाइएको छ।

घटनापछि ३२ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। अनुसन्धानका क्रममा होटलमा जडान गरिएको आगलागी चेतावनी प्रणालीले काम नगरेको र केही ग्यास उपकरणहरूले सुरक्षा मापदण्ड पूरा नगरेको प्रमाणित भएको थियो।

अदालतको निर्णयपछि पीडितका परिवारले त्यसलाई स्वागत गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily