Aadarsh-Daily

माग सम्बोधनका लागि नेपाल नर्सिङ सङ्घको सरकारलाई ४८ घण्टे अल्टिमेटम

ad-4p

नेपाल नर्सिङ सङ्घले सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न चेतावनी दिएको छ।

content ad p2

सङ्घले आन्दोलनका कार्यक्रमहरू पूर्व योजना अनुसार जारी रहेको बताउँदै, तोकिएको समयभित्र माग पूरा नभए अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवा ठप्प पार्ने चेतावनी दिएको हो।

content left

सङ्घका अनुसार स्वास्थ्य मन्त्रालयको कार्यदलले सरकारी सरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने सहमति गरे पनि अन्य बुँदामा आपत्ति रहँदै आएको छ।

आन्दोलित नर्सहरूलाई दिने प्रारम्भिक तलब ३४ हजार ७३० रुपैयाँ भत्ता बाहेकको खुद तलब हुनुपर्ने सङ्घको अडान छ।

सङ्घले सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलन थप कडा बनाउने चेतावनी समेत दिएको छ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily