
वीरगञ्ज। पर्साको बहुदरमाइ नगरपालिका–४ स्थित श्री ने.रा. माध्यमिक विद्यालय, डकैला बहुअरीमा बाल विकास कक्षाका विद्यार्थीहरूलाई निःशुल्क ब्याग वितरण गरिएको छ।
काठमाडौंस्थित साल्टेनिग संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई १०० थान विद्यालय ब्याग वितरण गरिएको हो।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक अजय कुमार यादवको अध्यक्षतामा तथा नेपाली कांग्रेसका नेता राकेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा स्थानीय शिक्षक अजयले सहजीकरण गरेका थिए। साथै बहुदरमाइ नगरपालिका वडा नं. ३ का धिरेन्द्र साह, वडा नं. २ का प्रमात्मा साह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत विद्यालयमा अध्ययनरत १०० जना बालबालिकालाई निःशुल्क ब्याग वितरण गरिएको आयोजकले जनाएको छ।

