Aadarsh-Daily

माओवादी केन्द्र र समाजवादीसहित नौ दलबीच आज एकताको घोषणा हुँदै

ad-4p

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित नौ वटा वाम दलबीच आज एकता घोषणा हुँदैछ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार एकताको घोषणा आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुने कार्यक्रम तय भएको छ ।

content ad p2

नयाँ एकीकृत पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी” रहने र चुनाव चिन्ह पाँच कुने तारा तय भएको छ ।

content left

हिजो मात्र माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताको प्रस्ताव पारित गरेको थियो ।

तर, एकताको यो प्रक्रियामा असन्तुष्टि पनि देखिएको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले एकताको विरोध गर्दै छुट्टै अभियान सुरु गरेको छ । उता समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि एकता कार्यक्रममा सहभागी नहुने भएका छन् ।

माओवादी अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले भने एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलसहित असन्तुष्ट नेताहरूसम्मलाई पनि एकता प्रक्रियामा जोड्ने प्रयास भइरहेको बताएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily