Aadarsh-Daily

बिहार विधानसभा चुनावको दोस्रो चरण शान्तिपूर्ण, ६८.७९ प्रतिशत मतदान

ad-4p

भारतको बिहार राज्यमा भएको विधानसभा चुनावको दोस्रो र अन्तिम चरणको मतदान हिजो मंगलबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

content ad p2

बिहारका मुख्य निर्वाचन अधिकारी विनोद सिंह गुन्जियालका अनुसार दोस्रो चरणमा ६८.७९ प्रतिशत मत खसेको छ। यससँगै दुवै चरणको औसत मतदान दर ६६.९ प्रतिशत पुगेको बीबीसीले उल्लेख गरेको छ, जुन अघिल्लो चुनावभन्दा करिब ६.९ प्रतिशत बढी हो।

content left

यसपटक महिलाहरू पुरुषभन्दा बढी सक्रिय देखिएका छन्। निर्वाचन आयोगका अनुसार, ७१.६ प्रतिशत महिलाले मतदान गरेका छन् भने पुरुषको सहभागिता ६२.८ प्रतिशत रहेको छ।

यो निर्वाचनमा करिब ७ करोड ४५ लाख मतदाता रहेका छन् र २ हजार १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। बिहार निर्वाचन आयोगका अनुसार, मतदान पूर्ण रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै ठूलो हिंसात्मक घटना नभएको जनाएको छ।

चुनाव अवधिमा मात्रै करिब ३ करोड ५२ लाख भारतीय रुपैयाँ बराबरका अवैध सामग्रीहरू बरामद गरिएको आयोगले जनाएको छ।

मतगणना नोभेम्बर १४ गते (पर्सि) हुनेछ। प्रारम्भिक एग्जिट पोलहरूमा एनडीए गठबन्धन (बीजेपी–जेडीयू) केही अगाडि देखिएको छ, तर अन्तिम नतिजा आउँदासम्म पुष्टि हुन बाँकी छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily