Aadarsh-Daily

ढाकामा शृङ्खलाबद्ध बम विस्फोट, सुरक्षा व्यवस्था कडा

ad-4p

ढाका – बङ्गलादेशको राजधानी ढाकामा आइतबार रातिदेखि शृङ्खलाबद्ध बम विस्फोटका घटनाहरू भएका छन् ।

content ad p2

सार्वजनिक यातायात, धार्मिकस्थल र सरकारी कार्यालयहरू लक्षित गरी गराइएका विस्फोट र आगजनीका घटनाले ढाकाको जनजीवन त्रसित बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

content left

ढाका प्रहरीले कम्तीमा ११ ठाउँमा विस्फोट भएकाे पुष्टि गरेको छ । विस्फोटका कारण शहरका मुख्य सडकहरूमा आवत–जावत प्रभावित भएको र सुरक्षाकर्मीले थप सतर्कता अपनाएको बताइएको छ ।

नोभेम्बर १३ अर्थात् भोलि पूर्वप्रधानमन्त्री शेख हासिनाविरुद्ध चलिरहेको मुद्दाको फैसला हुने मिति तय भएकाले घटनालाई राजनीतिक रूपमा संवेदनशील मानिएको छ ।

घटनापछि ढाका महानगर प्रहरीले प्रमुख सरकारी निकाय वरिपरि सभा–जुलुसमा प्रतिबन्ध लगाएको छ भने प्रहरी मुख्यालयले सबै थानाहरूलाई गस्ती र निगरानी थप गर्न निर्देशन दिएको छ ।

अहिलेसम्म विस्फोटमा मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थलमा अनुसन्धान सुरू गरेका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily