

आज सुनको भाउ तोलामा दुई हजार एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँ थियो।
यसैबीच, चाँदीको भाउ भने बढेको छ। महासङ्घका अनुसार चाँदी आज तोलामा ५ रुपैयाँले बढेर तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि हिजो यसको भाउ तीन हजार एक सय ७० रुपैयाँ थियो।

