Aadarsh-Daily

बिहार विधानसभाको मतदानपछि मधेस–भारत सीमा खुल्यो

ad-4p

बिहार विधानसभाको अन्तिम चरणको मतदान सकिएसँगै मधेससँग जोडिएका सीमा मंगलबार साँझदेखि खुल्न थालेका छन्।

content ad p2
content left

जिल्ला प्रशासन कार्यालयहरूले जानकारी दिएका अनुसार मतदान सम्पन्न भएसँगै पर्सा सीमा राति ६ बजेबाट खोलिएको हो। सीमा खुलेसँगै नेपाल–भारत आवतजावतमा सहजता भएको छ।

मधेस प्रदेशसँग जोडिएका सीमा निर्वाचनलाई मध्यनजर गर्दै कार्तिक २२ गते साँझ ६ बजेबाट बन्द गरिएको थियो। मधेस प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सीमा बन्दको जानकारी गराएका थिए।

निर्वाचन सुरक्षा व्यवस्था सुनिश्चित गर्न सीमा अस्थायी रूपमा बन्द गरिएको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily