Aadarsh-Daily

नेपालले आज बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै

ad-4p

नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल बङ्गलादेशको ढाका नेशनल स्टेडियममा बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

content ad p2

यसअघि नेपालले गएको भदौमा घरेलु मैदानमा बङ्गलादेशसँग मैत्रीपूण खेल खेलेको थियो । त्यो खेल बराबरीमा सकिएको थियो । यस्तै जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

content left

फिफा वरीयतामा नेपाल बङ्गलादेशभन्दा अघि छ । वरीयतामा नेपाल १ सय ८०औं र बङ्गलादेश १ सय ८३औं स्थानमा छ ।

यो नेपाली टोली नेपाली प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको छ । यसअघिका प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खड्काले जिम्मेवारी पाएका हुन् ।

पछिल्लो समय नेपाली टोलीले राम्रो प्रदर्शन गर्न सकेको छैन । पछिल्ला ६ खेलमा नेपालले ४ वटामा हार बेहोरेको छ भने २ वटा बराबरीमा सकिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily