
पछिल्ला ३३ वर्षमा विश्वव्यापी विपद्का कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संस्था (FAO) को प्रतिवेदनअनुसार, सन् १९९१ देखि २०२३ सम्म ३२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको छ। वार्षिक औसत ९९ अर्ब डलर नोक्सान हुने गरेको छ, जुन विश्वको कृषि क्षेत्रको कुल उत्पादनको झण्डै ४ प्रतिशत हो।

विपद्का कारण ४ अर्ब ६ करोड टन अन्न, २ अर्ब ८० करोड टन फलफूल र तरकारी, र ९० करोड टन मासु तथा दुग्धजन्य पदार्थ नष्ट भएको छ। सबैभन्दा बढी क्षति एशियामा पुगेको देखिएको छ।
प्रतिवेदनले कृषि र खाद्य सुरक्षामा विपद्को प्रभाव न्यूनीकरण गर्न डिजिटल प्रविधि र आधुनिक उपकरणको प्रयोग आवश्यक भएको बताएको छ। यसमा कृत्रिम बुद्धिमता (AI), रिमोट सेन्सिङ, मोबाइल कनेक्टिभिटी, ड्रोन र सेन्सरको प्रयोगले विपद्को पूर्वानुमान र सतर्कता बढाउन सहयोग पुग्ने उल्लेख छ।
प्रतिवेदनको शीर्षक: ‘कृषि तथा खाद्य सुरक्षामा विपद्को प्रभाव २०२५’।

