Aadarsh-Daily

दुर्गा प्रसाईँ पक्राउ प्रकरण : ‘अभिव्यक्ति मात्रका कारण पक्राउ नगर्न’ सरकारलाई निर्देशन

ad-4p

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।

content ad p2

टोलीले प्रहरी नियन्त्रणमा रहेका प्रसाईँसँग भेट गरी अवस्थाबारे जानकारी लिएको आयोगले जनाएको छ।
प्रसाईँलाई गएराति करिब १२:३० बजे भक्तपुरको सानोठीमीस्थित निवासबाट पक्राउ गरी सार्वजनिक शान्ति–सुरक्षा विरुद्धका गतिविधिको अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा राखिएको छ।

content left

प्रहरी प्रतिवेदनअनुसार कानुनी प्रक्रिया अनुसार पक्राउ पुर्जी थमाइएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।

चुनाव घोषणा भइसकेको र राजनीतिक वातावरण संवेदनशील भएको प्रसङ्गमा राज्यले शान्ति–सुरक्षा सुनिश्चित गर्नुपर्ने आयोगले जोड दिएको छ। शान्ति–सुरक्षा कायम राख्नु केवल सरकार र सुरक्षा निकायको मात्र नभई सबै नागरिकको जिम्मेवारी रहेको आयोगको भनाइ छ।

विचार तथा अभिव्यक्तिका कारण मात्र कसैलाई पक्राउ गर्नु मानव अधिकारविपरीत हुने टिप्पणी गर्दै आयोगले नेपाल सरकारलाई यस्तो कार्यप्रति गम्भीर हुन निर्देशन दिएको छ।

साथै देशको शान्ति–सुरक्षामा असर पुग्ने अभिव्यक्ति र गतिविधिबाट टाढा रहन राजनीतिक दल, अभियन्ता एवं आमनागरिकलाई पनि आयोगले आग्रह गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily