Aadarsh-Daily

नयाँ बसपार्कमा मध्यरातको आगलागी : जम जम ट्राभल्सका दुई बस ध्वस्त

ad-4p

वीरगंज–१६ स्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखिएका दुईवटा बसमा मध्यराति आगलागी भएको छ।

content ad p2
content left

मंगलबार राति करिब १२:४५ बजेतिर लागेको आगोले जम जम ट्राभल्स लेखिएका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका दुवै बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरका अनुसार आगलागीपछि प्रहरी र वीरगन्ज महानगरपालिकाको अग्नि नियन्त्रण टोलीले दमकल परिचालन गरी आगो नियन्त्रणमा ल्याइएको हो ।

आगो लाग्ने कारण स्पष्ट नभएको र घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily