
बारा आउन लागेको नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा जेनजी र प्रहरीबिच झडप भएको छ ।

बस्नेत आज मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बारा आउन लागेको कार्यक्रमअनुसार विमानस्थल पुगेका थिए। जेनजी समूहका युवाहरूले विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
झडपको क्रममा केही तनावपूर्ण घटना भए पनि अहिलेसम्म ठूलो क्षति वा घाइतेको विवरण आएको छैन। विमानस्थलको सुरक्षा थप कडा पार्दै जनपथ र सशस्त्र प्रहरीले ठूलो टोली खटाएको छ।
नेता बस्नेतलाई विमानस्थलबाट कार्यक्रमस्थलसम्म लैजान पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनालीसहित अन्य नेताहरू विमानस्थलमै उपस्थित छन्। उनीहरूको सुरक्षाको व्यवस्था पनि प्रहरीले गरेको छ।

