
वीरगंज , मंसिर – ४

पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ छपकैया टोलस्थित स्थानीय सुरेश महतोको घरमा विहिबार दिउँसो करिब १:३० बजे आगलागी भएको छ ।
आगलागीबाट घरमा राखिएका अनापात, लत्ताकपडा जलेर नष्ट भएको छ भने एक बाख्रा जलेर मरेको र अर्का बाख्रा घाइते भएको छ ।
स्थानीयबासीको सहयोगमा करिब १ घण्टामै आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट अनुमानित करिब तीन लाखभन्दा बढीको क्षति भएको स्थानीयले जनाएका छन् । आगलागीको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन, र मानवीय क्षति भने नभएको छ ।

