Aadarsh-Daily

अमेरिकी मध्यस्थतामा तयार शान्ति मस्यौदा : डोन्बास त्याग्ने प्रस्तावमा युक्रेन ‘सहमत हुने’ संकेत

ad-4p

अमेरिकाले तयार पारेको भनिएको शान्ति योजनाको मस्यौदा प्राप्त भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने प्रस्तावित प्रावधानलाई आधार मानेर अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

content ad p2

बीबीसीले अमेरिकी मिडियालाई उद्धृत गर्दै उल्लेख गरेअनुसार २८ बुँदामा तयार मस्यौदामा युक्रेनले आफ्नो नियन्त्रणमा रहेको डोन्बास क्षेत्र रुसलाई हस्तान्तरण गर्नुपर्ने, सेना सङ्ख्या घटाएर करिब ६ लाखमा पु¥याउनुपर्ने, र नेटोमा सामेल नहुने प्रतिबद्धता जनाउनुपर्ने जस्ता संवेदनशील प्रस्ताव छन्।

content left

योजनामा युक्रेन कत्तिको संलग्न थियो भन्ने स्पष्ट नभए पनि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिका ‘दुवै पक्षसँग समान रूपमा संलग्न’ रहेको प्रतिक्रिया दिएकी छन्।

जेलेन्स्कीका प्रेस कार्यालयले विज्ञप्ति जारी गर्दै मस्यौदाका प्रावधानमा ‘युद्धको न्यायपूर्ण अन्त्यतर्फ काम गर्ने’ विषयमा सहमति रहेको जनाएको छ। फाइनान्सियल टाइम्स र एक्सियोसले प्रकाशित विवरणअनुसार युरोपेली लडाकु विमान पोल्यान्डमा तैनाथ गरिने, रुसमाथिका प्रतिबन्ध हटाउँदै जी–७ लाई पुनः जी–८ बनाइ रुसलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गरिने प्रस्तावसमेत समावेश छन्।

युक्रेनले भरपर्दो सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने भनिए पनि त्यसका विस्तृत खाका सार्वजनिक भएको छैन। यही विषयमा राष्ट्रपति जेलेन्स्कीले नजिकिँदै गरेका दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष संवाद गर्ने अपेक्षा व्यक्त गरेका छन्, जसमा युक्रेनले आफ्ना धेरै हतियार त्याग्ने प्रावधानसमेत समावेश रहेको बताइन्छ।

तर पछिल्लो मस्यौदा तयार पार्ने प्रक्रियामा युक्रेन तथा उसको युरोपेली साझेदार सहभागी नरहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily