Aadarsh-Daily

चिसो बढेसँगै वीरगन्जमा वायु प्रदूषण तीव्र

ad-4p

चिसो मौसम सुरु भएसँगै वीरगन्जमा वायु प्रदूषण तीव्र बनेपछि महानगरपालिकाले नगरवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। महानगरको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाले आइतबार सार्वजनिक अपिल जारी गर्दै प्रदूषण बढाउने गतिविधि रोक्न अनुरोध गरेको हो।

content ad p2

अपिलमा खुला स्थानमा फोहर नजलाउन, कृषि अवशेष तथा प्लास्टिकजन्य वस्तु जलाउने काम नगर्न, अनावश्यक रूपमा धुलो उडाउन सकिने क्रियाकलाप रोक्न नगरवासीलाई आह्वान गरिएको छ।

content left

महानगरका अनुसार वायु प्रदूषणले विशेषगरी बालबालिका, दम तथा श्वासप्रश्वास समस्या भएकाहरू, दीर्घरोगी र गर्भवती महिलामा गम्भीर असर पार्ने भएकाले सबै नागरिकले जिम्मेवार व्यवहार गर्नुपर्नेछ।

यस्तै, पेट्रोलियमजन्य पदार्थ, कोइला जस्ता उर्जा स्रोतको अनावश्यक प्रयोग, निर्माण कार्यमा अत्यधिक धुलो उड्ने कार्य, अनियन्त्रित धुवाँ उत्सर्जनजस्ता क्रियाकलाप तत्काल रोक्न पनि महानगरले अनुरोध गरेको छ।

महानगरले प्रदूषण नियन्त्रण तथा न्यूनिकरणका लागि सरोकारवाला निकायसँग समन्वय गरी सहकार्य गर्न नगरवासीलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily