Aadarsh-Daily

राप्रपाकी समानुपातिक सांसद कञ्जन बिच्छा पदमुक्त

ad-4p

मधेस प्रदेशसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कञ्जन बिच्छालाई पदमुक्त गरिएको छ।

content ad p2
content left

प्रदेशसभा सचिवालयले बुधबार जारी गरेको सूचनामा पार्टीले छ महिनाका लागि साधारण सदस्यसमेत निलम्बन गरेको निर्णयसहित पेश भएको पत्रको आधारमा बिच्छालाई प्रदेशसभा सदस्यबाट हटाइएको उल्लेख छ।

राप्रपाले उनी पार्टीको नीति विपरीत क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै कारबाही अघि बढाएको थियो। सोही आधारमा केन्द्रीय कार्यसम्पादन समितिले बिच्छालाई प्रदेशसभा सदस्य सूचीबाट हटाउने निर्णय सचिवालयमा पठाएको हो।

सचिवालयले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४, प्रदेशसभा सञ्चालन नियमावली २०७५ को नियम १९० र सम्बन्धित कानुनी व्यवस्थाअनुसार सूचना सार्वजनिक गरेको जनाएको छ। जारी विज्ञप्तिमा प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाको हस्ताक्षर छ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily