Aadarsh-Daily

सर्लाहीमा १२ लाख २९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

ad-4p

सर्लाही — सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४, त्रिभुवननगर नजिकबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

content ad p2
content left

गस्तीमा रहेका प्रहरीले भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको भारतीय नम्बर बीआर ३० वाइ ३२८७ मोटरसाइकल जाँच गर्दा रकम फेला पारेका हुन्। मोटरसाइकल चालक भारत बिहार, सितामढी, सोनवर्सा–२ निवासी २९ वर्षीय धर्मेन्द्र महतो रहेको प्रहरीले जनाएको छ।

महतोको साथबाट १२ लाख २९ हजार रुपैयाँ बरामद भएको छ। रकमको स्रोत खुलाउन नसकेपछि महतोसहित मोटरसाइकल र बरामद नगद नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि सर्लाही जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily