Aadarsh-Daily

जेनजी आन्दोलनका माग कार्यान्वयन गर्ने सम्झौता, शहीद–घाइतेको परिपूरण र संविधान सुधार सुनिश्चित

ad-4p

नेपाल सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताअनुसार भदौ २३–२४ मा भएको जनआन्दोलनका माग समयमै कार्यान्वयन गरिने भएको छ। सम्झौतामा भ्रष्टाचार, कुशासन, दण्डहीनता, असमानता र अन्यायका कारण सिर्जित द्वन्द्वलाई सम्बोधन गर्दै शहीद र घाइतेको न्यायसहितको परिपूरण, मानवअधिकार उल्लङ्घनका घटनाको स्वतन्त्र छानबिन, सुशासन र पारदर्शी शासन सुनिश्चित गर्ने व्यवस्था समावेश गरिएको छ।

content ad p2
content left

सम्झौताले निर्वाचन सुधार, पूर्ण समानुपातिक प्रतिनिधित्व, उम्मेदवारको सम्पत्ति विवरण पेश गर्ने व्यवस्था, राष्ट्रप्रमुख र सरकार प्रमुखको दुई कार्यकाल सीमितता, न्यायपालिका र संवैधानिक आयोगको स्वतन्त्रता तथा डिजिटल स्वतन्त्रता सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

साथै, जेनजी परिषद् गठन गरी सरकारले सुशासन, विकास र लोकतान्त्रिक प्रक्रियामा सल्लाह र सहयोग पाउने व्यवस्था गरिएको छ। सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू हुनेछ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily