Aadarsh-Daily

घरेलु हिंसाका घटना सर्वाधिक: ६ वर्षमा आयोगमा ७ हजारभन्दा बढी उजुरी

ad-4p

राष्ट्रिय महिला आयोगले सबैभन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ। ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५’ निःशुल्क हेल्पलाइन सेवाको आठौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगकी सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको दर निरन्तर बढ्दो रहेको जानकारी गराइन् ।

content ad p2

सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा आयोगमा ७ हजार ३ सय ४४ वटा विभिन्न प्रकारका हिंसासम्बन्धी उजुरी दर्ता भएका छन्। तीमध्ये ८८ प्रतिशत घरेलु हिंसा तथा १२ प्रतिशत अन्य प्रकारका महिला हिंसा रहेको विवरण सार्वजनिक गरिएको हो।

content left

आयोगका तथ्यांकअनुसार हिंसामा पर्ने महिलामध्ये २६ देखि ४० वर्ष उमेर समूहका महिला सर्वाधिक छन्। निरक्षर तथा सामान्य लेखपढ गर्ने महिलाहरू बढी हिंसामा पर्ने प्रवृत्ति देखिएको आयोगले जनाएको छ।

गएको आर्थिक वर्षमा मात्र घरेलु हिंसा परामर्श सेवा तथा महिला अधिकार प्रयोगबाट वञ्चित गराइएको सम्बन्धमा १ हजार २०२ वटा उजुरी दर्ता भएका छन्।

कार्यक्रममा आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले महिला अधिकार संरक्षण र प्रवर्द्धनका क्षेत्रमा आयोगले आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily