Aadarsh-Daily

गोवा नाइटक्लब आगलागी: पाँच नेपालीको मृत्यु, दुई सञ्चालक दाजुभाइ थाइल्यान्डमा पक्राउ

ad-4p

गोवाको ‘बर्च बाइ रोमियो लेन’ नाइटक्लबमा आइतबार राति भएको आगलागीमा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । घटनामा संलग्न सञ्चालक सौरभ र गौरव लुथरा दाजुभाइलाई थाइल्यान्डमा पक्राउ गरिएको भारतीय अखबार ‘द हिन्दुस्तान टाइम्स’ले जनाएको छ ।

content ad p2
content left

दाजुभाइहरू घटनालगत्तै गोवाबाट फरार भएका थिए र अहिले भारत फर्काउने प्रक्रिया अघि बढाइएको छ । आगलागीमा मृत्यु हुने नेपालीमध्ये सिन्धुलीका लीलबहादुर कटवाल, झापाका सविन विश्वकर्मा, दाङका चूर्णबहादुर पुन, डडेल्धुराका मनोज झोरा र टिकाराम विक रहेका छन् । चार जनाको शव नेपाल फर्काइएको छ भने एकको शव भारतकै हरिद्वारमा अन्त्येष्टि गरिएको छ ।

गोवा प्रहरीले पाँच जना प्रबन्धक र कर्मचारीलाई पक्राउ गरेको छ भने लुथरा दाजुभाइविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) को अनुरोधमा इन्टरपोलले ब्लूकर्नर नोटिस जारी गरेको छ। ।।

घटना भएको रात उनीहरूले ‘मेक माई ट्रिप’ मार्फत थाइल्यान्डको हवाई टिकट बुक गरेका थिए । गोवा प्रदेशका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको छानबिन प्रतिवेदन आठ दिनभित्र सार्वजनिक हुने जानकारी दिएका छन् ।

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

Aadarsh Daily