Aadarsh-Daily

पर्सामा ठूलो परिमाणको लागुऔषध बरामद , चार जना पक्राउ

ad-4p

पर्सामा प्रहरीले लागुऔषध ट्रामाडोलको ठूलो खेप नियन्त्रणमा लिँदै चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा वीरगंज–२४ का युराज पटेल (२०), अफजल देवान (२१) तथा धादिङका रामहरी मगर (१९) र राजकुमार मगराती (१९) रहेका छन्।

content ad p2
content left

प्रहरीका अनुसार वीरगंज–१५ को प्रतिमा चौकमा रोकेर राखिएको सार्वजनिक इभी सवारी साधन जाँच गर्ने क्रममा दुई वटा सुटकेसभित्र लुकाइएका ६० हजार ५३० पिस ट्रामाडोल क्याप्सुल फेला परेको थियो। सोही आधारमा प्रहरीले दुई जनालाई घटनास्थलमै नियन्त्रणमा लिएको हो।

थुनुवाटाको प्रारम्भिक बयानपछि प्रहरी टोलीले वीरगंज–२४ रामगढवास्थित भाडाको कोठामा छापा मारेर थप दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। कोठाको खानतलासी गर्दा एक कार्टुनमा लुकाएर राखिएको १५ हजार ६४० पिस ट्रामाडोल क्याप्सुल थप बरामद भएको प्रहरी उपरीक्षक राजु कार्कीले जानकारी दिए।

उनीहरूको साथबाट बरामद ट्रामाडोल क्याप्सुलको संख्या जम्मा ७६ हजार १७० पुगेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily