Aadarsh-Daily

कसैसँग गठबन्धन हुँदैन, चुनाव जित्दैछौं : पुष्पकमल दाहाल ‘प्रचण्ड

ad-4p
content left

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न निर्वाचनमा कसैसँग गठबन्धन नगरी चुनाव जित्ने दावी गरेका छन् । नेकपाको केन्द्रिय निर्वाचन परिचालन परिचालन समितिको ‘जुम’ वैठकलाई आज सम्बेधन गर्दै संयोजक प्रचण्डले आउँदो फागुन २१ मा हुने निर्वाचनमा कसँगसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेका हुन्।

content ad p2

वैठकमा सहभागी नेकपाका नेता लिलामणि पोखरेलले संयोजक प्रचण्डको भनाई उदगृत गर्दै सुनाए, ‘वैठकको सम्बोधनमा उहाँले हामी कुनै पार्टीसँग तालमेल र गठबन्धन नगरी पहिलो पार्टी बन्छौं भन्नु भयो ।’ संयोजक प्रचण्डले कुनै पार्टीको नाम नलिई जनताबाट अस्वीकृत र तिरष्किृतहरुसँग कुनै गठबन्धन नगर्ने बताएको नेता पोखरेलले बताए ।

प्रचण्डले बागलुङमा मात्रै नेकपाले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको बताएका थिए। बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले उम्मेदवार दर्ता गराएका छन् भने २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार बनेका छन्। करिव एक घण्टा चलेको जुम वैठकमा सहसंयोजक माधवकुमार नेपालले पनि सम्बोन गरेको पोखरेलले जानकारी दिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily