
आम जनता पार्टीबाट पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तखारले आज चुनावी अभियानलाई तीव्र बनाउँदै गर्दौल, पोखरिया र सतवरिया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
२६ वर्षीय जेनजी युवा उम्मेदवार इस्तखारले घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, रोजगारी, स्वास्थ्य र स्थानीय विकासका विषयमा छलफल गरेका थिए।

उनले युवाको प्रतिनिधित्व संसदमा आवश्यक रहेको बताउँदै जनमुखी, जवाफदेही र पारदर्शी राजनीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए।
घरदैलो कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीयका अनुसार नयाँ सोच र सक्रियतासहित मैदानमा उत्रिएका युवा उम्मेदवारप्रति चासो बढ्दै गएको छ।
चुनाव नजिकिँदै जाँदा मोहम्मद इस्तखारको निरन्तर जनसम्पर्क अभियानले पर्सा क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातिँदै गएको देखिन्छ।

