Aadarsh-Daily

पर्सा–३ मा २३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा, एक्ली महिला जनमत पार्टीबाट

ad-4p

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर–३ मा २३ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। तीमध्ये १४ जना विभिन्न राजनीतिक दलका र नौ जना स्वतन्त्र उम्मेदवार छन्। जनमत पार्टीकी मालती कुशवाहा मात्र महिला उम्मेदवार हुन् भने बाँकी २२ जना पुरुष छन्।

content ad p2
content left

अघिल्लो निर्वाचनमा एमालेका राजकुमार गुप्ता विजयी भएका थिए। भ्रष्टाचार मुद्दामा जेलमा रहेकाले यसपटक एमालेले उनलाई टिकट नदिई रूपेश पाण्डेयलाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसबाट सुरेन्द्र चौधरी पुनः उम्मेदवार छन्। रास्वपाबाट रामाकान्त चौरसिया, राप्रपाबाट नवीनकुमार सिंह, आम जनता पार्टीबाट महमद इस्तखारसहित विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

माघ ६ गते उम्मेदवारी दर्तापछि आचारसंहिताका कारण खुला प्रचारप्रसार सुरु नभए पनि कतिपय उम्मेदवारले सीमित घरदैलो र अनलाइन माध्यमबाट आचारसंहिताविपरीत गतिविधि गरिरहेको गुनासो छ। तर यसबारे सम्बन्धित निर्वाचन कार्यालयहरूको प्रभावकारी अनुगमन देखिएको छैन।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily