Aadarsh-Daily

युवाले नेतृत्व गर्ने समय आएको भन्दै इस्तखारको पर्सा–३ मा घरदैलो तीव्र

ad-4p

पर्सा क्षेत्र नम्बर–३ का आम जनता पार्टीका प्रतिनिधिसभा उम्मेदवार २६ वर्षीय मोहम्मद इस्तखारले घरदैलो कार्यक्रम गर्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

content ad p2
content left

घरदैलोका क्रममा इस्तखारले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरी शिक्षा, रोजगारी, स्वास्थ्य र स्थानीय विकासका विषयमा छलफल गरेका थिए। उनले युवाको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै जनमुखी, जवाफदेही र पारदर्शी राजनीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीय मतदाताहरूले नयाँ सोच र सक्रियतासहित मैदानमा उत्रिएका उम्मेदवारप्रति चासो बढ्दै गएको बताएका छन्। चुनाव नजिकिँदै जाँदा इस्तखारको निरन्तर जनसम्पर्क अभियानले पर्सा–३ मा चुनावी माहोल थप तातिँदै गएको छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily