
खोटाङमा एयर डाइनेस्टीको ९एन–एएफक्यू हेलिकप्टर बुधबार मध्यान्ह दुर्घटनाग्रस्त भएको छ।
काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन्। काठमाडौं घर भएका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको केपिलासगढी गाउँपालिका–२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिएका छन्।
वडाध्यक्ष राईका अनुसार हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार थिए। उनकी श्रीमती मनमछी राईको बेलायतमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

