Aadarsh-Daily

वीरगञ्जमा बस जाँचका क्रममा ६ लाख बढीका अवैध यौनवर्धक र गर्भनिरोधक औषधि बरामद

ad-4p

वीरगञ्ज । वीरगञ्जमा बस जाँचका क्रममा बिलबिजकबिनाका करिब ६ लाख २६ हजार रुपैयाँ बराबरका यौनवर्धक तथा गर्भनिरोधक औषधि बरामद गरिएको छ।

content ad p2
content left

सशस्त्र प्रहरी तथा भन्सार सुरक्षामा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा एक यात्रुबाहक बसबाट उक्त औषधिहरू फेला पारेको हो। भारतबाट अवैध रूपमा भित्र्याइएको आशंका गरिएको ती औषधिहरूका लागि आवश्यक कागजात (बिलबिजक) प्रस्तुत गर्न नसकिएपछि नियन्त्रणमा लिइएको जनाइएको छ।

बरामद गरिएको औषधि करिब ६ लाख २६ हजार रुपैयाँ मूल्य बराबर रहेको बताइएको छ। नियन्त्रणमा लिइएका सबै सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily