Aadarsh-Daily

कपिलवस्तुमा धार्मिक तनावपछि अनिश्चितकालीन निषेधाज्ञा

ad-4p
content left

काठमाडौं  — कपिलवस्तुको महाराजगञ्ज–बर्गदवामा दुई फरक धर्मका समुदायबीच उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

शनिबार बिहान मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको विषयलाई लिएर दुई समुदायका युवाबीच विवाद चर्किएको थियो। सम्भावित झडपलाई रोक्न प्रशासनले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म कुनै पनि भेला, सभा वा जुलुस गर्न नपाउने गरी निषेधाज्ञा लागू गरेको हो।

राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरू मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदाय मस्जिदमा नमाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयले विवाद निम्त्याएको बताइएको छ।

झडपका क्रममा ढुंगा प्रहार हुँदा ५ जना सामान्य घाइते भएका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार निषेधाज्ञा जारी भएपछि अवस्था नियन्त्रणमा आएको छ।

content ad p2

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily