Aadarsh-Daily

मधेससहित तराईका जिल्लामा चैती छठको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न हुँदै

ad-4p

वीरगञ्ज ।  मधेससहित तराईका जिल्लामा मनाइँदै आएको चैती छठ पर्वको दोस्रो दिन आज (सोमबार) ‘खरना’ विधि श्रद्धापूर्वक सम्पन्न गरिँदैछ। आइतबारदेखि विधिवत सुरु भएको यो पर्व चार दिनसम्म विभिन्न विधिसहित मनाइन्छ।

content ad p2

चैत शुक्लपक्षमा पर्ने यस पर्वका लागि यतिखेर वीरगञ्जका पोखरी, नदी, तलाउ तथा अन्य जलाशयहरू सरसफाइ र सजावटमा व्यस्त देखिएका छन्। व्रतालुहरू बिहानैदेखि घाट व्यवस्थापनमा जुटेका छन्।

content left

पर्वको पहिलो दिन आइतबार व्रतालुहरूले ‘नहायखाय’ विधि सम्पन्न गरेका थिए। यस दिन व्रतालुहरूले नुहाइधुवाइ गरी शुद्ध भई प्याज–लसुन बिना तयार पारिएको शाकाहारी भोजन ग्रहण गर्ने परम्परा छ।

दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा आज ‘खरना’ विधि गरिन्छ। यस अवसरमा व्रतालुहरू दिनभरि निराहार व्रत बस्ने र साँझ दूध, चामल र सख्खरबाट बनाइएको खिर (रसियाव), रोटी, केरा लगायत फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई निम्तो दिने चलन छ। कुल देवताको पूजा सम्पन्न गरेपछि उक्त प्रसाद परिवारका सबै सदस्यले ग्रहण गर्छन्।

पर्वको तेस्रो दिन षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने चौथो दिन सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व विधिवत समापन गरिन्छ।

अत्यन्त श्रद्धा, निष्ठा र कठोर व्रतका रूपमा मानिने छठ पर्वमा व्रतालुहरू खरनापछि निराहार बस्ने गर्दछन्। यो पर्व वर्षमा दुई पटक—कार्तिक र चैत महिनामा—मनाइने गरिन्छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily