Aadarsh-Daily

जेन–जी आन्दोलन प्रतिवेदन सार्वजनिक: रवि लामिछाने जेल तोडेर भागेको खुलासा

ad-4p

वीरगञ्ज । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनका क्रममा विवादमा तानिएका व्यक्ति तथा सरकारी अधिकारीहरूको बयान समेटिएको छ।

content ad p2

प्रतिवेदनअनुसार नख्खु कारागारका जेलर सत्यराम जोशीले दिएको बयानमा सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछाने भदौ २४ गते कारागार तोडेर बाहिरिएको उल्लेख गरिएको छ। जोशीका अनुसार भदौ २३ गते बेलुकादेखि नै कारागारभित्र कैदी–थुनुवाहरूले नाराबाजी र हुलहुज्जत सुरु गरेका थिए भने बाहिरबाट ठूलो भीडले आगजनी र ढुंगामुढा गरेपछि अवस्था झन् तनावपूर्ण बनेको थियो।

content left

उनले बयानमा बाहिरको भीडका कारण सुरक्षाकर्मी थप परिचालन गर्न नसकिएको र त्यसैबीच कैदीहरू आक्रोशित भई भाग्न थालेको उल्लेख गरेका छन्। उक्त घटनामा ६६७ जना कैदी–थुनुवा फरार भएको र जसमध्ये ४०९ जना पुनः सम्पर्कमा आएको तथा करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

यसअघि भदौ २७ गते कारागार प्रशासनले फरार कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन अपिल गर्दै सूचना जारी गरेको थियो। सूचनामा फरार रहिरहेमा कानुनी सजाय थप कडा हुने र भविष्यका सुविधा तथा पुनःस्थापनामा असर पर्ने चेतावनी दिइएको थियो।

कारागारका एक अधिकारीका अनुसार लामिछानेकै कारण कैदीहरू भाग्ने अवस्था सिर्जना भएको दाबी गरिएको छ। तथापि, लामिछाने भदौ २८ गते पुनः कारागार फर्किएका थिए। उक्त घटनापछि अदालतको आदेशबिनै कारागारबाट बाहिरिएको भन्दै उनको आलोचना समेत भएको थियो।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily