Aadarsh-Daily

वीरगञ्जमा गहवामाईको दोस्रो डोली यात्रा आज भव्य रूपमा निकालिँदै

ad-4p
content left

वीरगञ्ज । गहवामाई मन्दिरबाट आज (बिहीबार) गहवामाई माताको दोस्रो डोली यात्रा भव्य रूपमा निकालिने भएको छ। चैते दशैं अन्तर्गत अष्टमीको अवसरमा आयोजना गरिएको उक्त डोली यात्रा मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुन लागेको हो।

समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार डोली यात्राका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। आज दिउँसो २ बजे विशेष पूजा सम्पन्न गरिनेछ भने अपरान्ह ४ बजे मन्दिर प्रांगणबाट डोली यात्रा सुरु गरिने कार्यक्रम तय गरिएको छ।

डोली यात्रा २ नम्बर रोड, वीर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थान चोक परिक्रमा गरी पुनः मन्दिरमा आएर समापन हुनेछ। यात्रामा सहभागी भक्तजनलाई गहवामाई माताको तस्बिर अङ्कित निशान वितरण गरिनेछ, जसको शुल्क ३५० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

डोली यात्रापछि साँझ मन्दिर प्रांगणमा भव्य महाआरतीको कार्यक्रम पनि आयोजना गरिनेछ। अध्यक्ष साहले सम्पूर्ण भक्तजनलाई आस्था र श्रद्धाका साथ सहभागिता जनाई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily